काठमाडौ! नेपाल चीन हिमालयन मैत्री समाजले आज काठमाडौंमा विशेष कार्यक्रम गर्दैछ। उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख वक्ता बनाएर अन्य दलका शीर्ष नेतालाई पनि आमन्त्रण गरेको छ । उक्त कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरु नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादव, यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र कांग्रेस नेता चन्द्र भण्डारी पनि वक्ता हुनुहुन्छ । कार्यक्रममा भूराजनीतिक अध्येता तथा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयका प्राध्यापक डा. दिनेश पौडेलले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । चिनियाँ प्रतिनिधिमण्डल स्वदेश फर्किएलगत्तै समाजले सभागृहमा बृहत कार्यक्रम गर्न लागेको हो । कार्यक्रम दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुँदैछ।