अत्तरियामा शुरु भयो श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ

अत्तरिया -कैलालीको अत्तरियामा श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको शुरु भएको छ। बुधबार देखी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको हो । ज्ञान महायज्ञको गोदावरी नगरपालीकाका नगरप्रमुख विरेन्द्र भट्टले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।

मानव धर्म सेवा विकास समितिले सप्ताह ज्ञान महायज्ञ लगाएको हो । नेपाल मानव धर्म सेवा समितिको आश्रमको भौतिक संरचना निर्माणका लागि आयोजना गरिएको श्रीमद भागबत सप्ताह ज्ञान महायज्ञमा बाल ब्यास पंं श्री कपिल देव चालिसले भगवत कथा बाचन गर्ने महायज्ञ मुल समारोह समितिका अध्यक्ष राम बहादुर रिमालले जानकारी दिए।
यस्तै गोदावरी -१ मा मानव धर्म सेवा विकास समितिको नवनिर्मीत भवन कमल स्मृति सभाहलको उद्घाटन समेत बुधबार नै गरिएको छ ।
हलको स्थानिय महिला अगुवा  धर्मी खड्काले उद्घाटन गरेकी हुन् । स्वर्गीय श्रीमान कमल खड्काको सम्झनामा उनले उत्त हलको निर्माण गरेकी हुन् । १८ गते बाट सुरु भएको भागवत सप्ताह ज्ञान महायज्ञ २४ गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *