राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा शितलनिवास पुग्नुभएको छ।

आज दिउँसो ३ बजेपछि प्रधानमन्त्री देउवा राष्ट्रपतिसँगको भेटवार्ताका लागि शितलनिवास पुग्नुभएको थियो। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच करिब १ घण्टा कुराकानी भएको जनाइएको छ।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता नियमित भएको बताउनु भयो। ‘यो नियमित भेटघाट हो। सकेर फर्कनु भयो’ परियारले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *