कतारका राजा काठमाडौंमा : राष्ट्रपति पौडेलद्वारा स्वागत

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा दिउँसो ३:३५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि उनी नेपाल आएका हुन् ।