पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीद्वारा माल्यार्पण

काठमाडौं ! पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा  सिंहदरबार अगाडि रहेको उहाँको शालिकमा राष्ट्रपति विद्यादेवि भण्डारीले माल्यार्पण गर्नुभएको छ।

राष्ट्रिय एकता दिवस तथा ३०० औं पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति भण्डारीले मंगलबार सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको हो।

पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पणपछि राष्ट्रपति भण्डारी काजी कालु पाण्डेको शालिकमा माल्यार्पण गर्न दहचोक जाने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *