राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष पेश

काठमाडौं–  निर्वाचन आयोगले माघ ११ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार राष्ट्रपति कार्यालयमा पुगेर प्रतिवेदन बुझाउनुभएको राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम प्रमुख आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन बुझाउनु भएको हो । रिक्त १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते सम्पन्न भएको थियो । रिक्त हुने २० सिट मध्ये १ सिट मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्नुहुने छ ।