राष्ट्रपतिसमक्ष सर्वोच्चको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश गरिएको छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आइतबार राष्ट्रपति पौडेलसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

संविधानको धारा १३८ बमोजिम प्रधानन्यायाधीश कार्कीले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *