राष्ट्रपति पौडेलद्वारा बजेट सम्बन्धी ३ विधेयक प्रमाणीकरण

काठमाडौं ! राष्ट्रपति रामचन्द्र पौडेलले बजेट र बजेट सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आज विनियोजन विधेयक, २०८०,आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेका हुन् ।

यी विधेयकहरु संघीय संसदको दुवै सदनले पारित गरेपछि सभामुखले प्रमाणीकरणको लागि राष्टपति समक्ष पठाएका थिए । संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११3 को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा (२ ) बमोजिम प्रमाणीकरण  गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

विधेयक प्रमनिकर्ना बह्येसंगै अब सरकारलाई बजेट खर्च गर्ने, कर उठाउने, ऋण उठाउने बाटो खुलेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *