चाडपर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्छः राष्ट्रपति पौडेल

काठमाडौं ! राष्ट्रपति रामचन्द्र पौडेलले चाडपर्वहरूले नेपाली जनतामा मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुर्‍याउने बताएका छन्।

इस्लाम धर्मावलम्वीहरूको दोस्रो ठूलो पर्व बकर इदको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मुलुकमा धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझै मजबुत बनाउग सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमानहरूमा शान्ति तथा समृद्धीको शुभकामना व्यक्त गरे।

यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेसमेत राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

‘यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुनेछ,’ शुभकामना सन्देशमा उल्लेख छ।

 

उनले विविधताबीचको एकताले नै राष्ट्रिय एकताको भावनालाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *