राष्ट्रपति पौडेल पुनः अस्पताल भर्ना

काठमाडौं ! राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्।

गएराति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए।

राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *