काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ।
बिहान अचानक मुटुमा समस्या देखिएपछि उनलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा लगिएको थियो। उनमा हृदयघात भएको पाइएपछि मुटुको बन्द धमनी खोलिएको अस्पताल स्रोतले जानकारी दिएको छ।
‘मुटुमा समस्या भएपछि राष्ट्रपतिज्यू बिहान ७ बजे अस्पताल आउनुभएको थियो । हर्टअट्याक भएको थाहा भएपछि एन्जिओप्लाष्टि गरेर मुटुको बन्द धमनी खुलाइएको छ’, अस्पताल स्रोतले भन्यो, उहाँ अहिले भिआईपी क्याबिन चिकित्सकको निगरानीमा हुनुहुन्छ।’