राष्ट्रपति पौडेल थप उपचारको लागि भारत प्रस्थान

काठमाडौं ! केही दिनदेखि अस्वस्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।

बुधबार बिहान श्री एयरलाइन्सको विमानमार्फत राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको हो । उपचारका लागि भारत प्रस्थान गर्नुअघि राष्ट्रपति पौडेललाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार हुने उनका निजी चिकित्सक डा. निरज बमले जानकारी दिए । स्वास्थ्यमा पुन: समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका थिए । चिकित्सकको सल्लाहमा राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिएको डा. बमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *