राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा काङ्ग्रेस नेता थापा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो प्रमुख राजनीतिक सल्लाहकार (मन्त्री सरह) पदमा पूर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य सुनिलबहादुर थापालाई नियुक्त गरेका छन् ।
पूर्व प्रधानमन्त्री तथा राप्रपाका नेता सुर्यबहादुर थापाका छोरा सुनिल थापा पछिल्लो समय नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी आपूर्ति मन्त्री भएका थिए ।

थापासँग संयुक्त राष्ट्रसंघको उच्च ओहोदामा रहेर काम गरेको समेत अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *