राष्ट्रपति पौडेललाई स्पेनका राष्ट्रपति सान्चेजको बधाई

काठमाडौं ! राष्ट्रपति रामचन्द्र पौडेललाई शुक्रबार स्पेनका राष्ट्रपति एचई पेड्रो सान्चेजले टेलिफोनमार्फत बधाई दिएका छन् । उहाँहरु बिच कुराकानीको क्रममा एच.ई. पेड्रो सान्चेजले पौडेललाई बधाई दिएको स्पेनस्थित नेपाली दूतावासले आफ्नो प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ।

दूतावासको प्रेस बिज्ञप्तिमा भनिएको छ- रामचन्द्र पौडेलले राष्ट्रपतिको पदभार ग्रहण गर्दै उहाँको मार्गदर्शनमा नेपाल समृद्धि र चौतर्फी विकासको बाटोमा अघि बढ्ने विश्वास पनि व्यक्त गरे । राष्ट्रपति रामचन्द्र पौडेलले स्पेनका राष्ट्रपति एचई पेड्रो सान्चेजलाई उहाँको दयालु शब्दको लागि धन्यवाद दिनुभयो साथै स्पेन र नेपाल बीचको लामो समयदेखिको मित्रताको लागि आफ्नो प्रशंसा व्यक्त गर्नुभयो। दुवै राष्ट्रपतिले दुई देशबीच व्यापार, लगानी, पर्यटन, संस्कृतिलगायतका विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई थप मजबुत बनाउने इच्छा व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *