निवर्तमान राष्ट्रपति भण्डारीको बिदाईमा सेनाले दियो २१ तोपको सलामी

काठमाडौं ! निवर्तमान राष्ट्रपति विद्या भण्डारी शीतल निवासबाट बाहिरिनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई पदभार हस्तान्तरण गरेर भण्डारी शीतल निवासबाट बाहिरिनु भएको हो ।

भण्डारीको बिदाइमा नेपाली सेनाले टुँडिखेलबाट २१ तोपको सलामी अर्पण गरेको थियो ।

भण्डारीको बिदाई गर्दा राष्ट्रपति पौडेल,उपराष्ट्रपति,प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरु गाडीसम्मै पुग्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *