देशको हितमा आफुलाई समर्पित गर्ने राष्ट्रपति भण्डारीको सकियो कार्यकाल : आज शितल निवासबाट विदा हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज निजी निवास सर्दै हुनुहुन्छ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेपछि आज शीतलनिवास छोड्ने भण्डारीको तयारी छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीका अनुसार आज भण्डारीले पद हस्तान्तरणसँगै निवास छोड्ने तयारी गर्नु भएको हो ।

राष्ट्रपति भण्डारीका लागि बूढानीलकण्ठमा निवास तयार गरिएको छ । शीतलनिवासबाट बाहिरिएपछि भण्डारी त्यही निवासमा बस्ने बताइएको छ ।

आफ्नो कार्यकालमा जनताले मनन गर्न सक्ने खालका कामहरु गरेर चर्चा कमाउनु भएकी राष्ट्रपति भण्डारीको कार्यकाल स्मरणीय रह्यो। खासगरी विवादित र राष्ट्रहित विपरीतको नागरिकता विधेयक फिर्ता लगायतका अनुचित कामहरु लाई देशको हितभन्दा दायाँबायाँ नगरेर उहाँ जनताको मनमा बस्न सफल राष्ट्रपति बन्नु भएको छ।

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ आज दिउँसो १ बजे हुँदैछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *