राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिंदै : आजै निजी निवासमा सर्ने तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट रातिबाट सकिंदै छ। उहाँको यो दोस्रो चरणको पाँच वर्षे कार्यकाल थियो । भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनु भएको थियो। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उहाँ निर्वाचित हुनु भएको थियो।

भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ-२ चपलीस्थित निजी निवासमा सर्ने तयारीमा रहेको उहाँको सचिवालयले जनाएको छ।

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल  निर्वाचित भइसक्नु भएको छ। उहाँको शपथ ग्रहण भोलि हुँदैछ। पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ खुवाउँदै हुनुहुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *