काङ्ग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।

नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र लगायत आठ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका पौडेल राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो । राष्ट्रपतिमा पौडेल र बिपक्षी दल नेकपा एमालेका तर्फबाट एमाले उपाध्यक्ष समेत रहनु भएका सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहनु भएको थियो । बिहिबार नयाँ राष्ट्रपति चयनका लागि भएको मतदानमा पौडेल पौडेल ३३ हजार ८०२ मत भार ल्याएर विजयी हुनुभएको हो । नेम्वाङको पक्षमा १५ हजार ५१८ मत परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *