राष्ट्रपति चयनको लागि भएको मतदान सकियो, मतगणना ४ बजे सुरु हुँदै

काठमाडौं ! नयाँ राष्ट्रपति चयनको लागि भएको मतदान सकिएको छ। बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो।  मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सभा सदस्यले मतदान गरेका छन्। यस सँगै अब ४ बजेपछि मतगणना सुरु हुने छ ।

संविधानसभाबाट संविधान जारी भएपछि तेस्रो पटक राष्ट्रपति निर्वाचन भएको हो  । नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन्। पूर्वसभामुख पौडेल नौ दलीय गठबन्धन तथा संविधानसभाका पूर्वअध्यक्ष नेम्वाङ एमालेका तर्फबाट उम्मेदवार बनेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *