आज राष्ट्रपतिका लागि निर्वाचन हुँदै : आजै नतिजा आउने

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आयोगले सबै तयारी पुरा गरेको छ । आयोगले मतदानका लागि छुट्टाछुट्टै व्यवस्था मिलाएर सबै तयारी पुरा गरेको जानकारी दिएको छ ।

प्रतिष्पर्धामा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ छन् । दुई नेताहरुबीच हुन लागेको राष्ट्रपतिको चुनावले मुलुकलाई बिहिबार नै नयाँ राष्ट्रपति दिनेछ ।

निर्वाचन आयोगका अनुसार राष्ट्रपतिका लागि बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ ।

मतदान सकिएपछि मुचुल्का उठाउने लगायतका काम सकेर साँझ ७ बजेसम्म निर्वाचन मत परिणाम नै सार्वजनिक गर्ने गरि आयोगले तयारी गरेको बताएको छ । कार्यकालका हिसाबले चौथो र व्यक्तिका हिसावले तेश्रोलाई मुलुकले नयाँ राष्ट्रपति पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *