राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमणका लागि प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको ६ दिने औपचारिक भ्रमणका लागि हिजो सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँलाई उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हार्दिक विदाई अभिवादन गर्नुभएको छ। यसअघि उहाँलाई सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड जानुभएको हो। राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ कार्तिक २६ गते स्वदेश फर्किनु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *