नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति भण्डारीले गर्नुहुँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुनेछ । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष महेश्वर गहतराज अथकले उद्घाटन समारोहमा उपस्थित हुन गरेको आग्रह राष्ट्रपति भण्डारीले स्विकार गर्नुभएको हो।

मंगलबार राष्ट्रिय खेलकुद परिषदका पदाधिकारीसहित शितल निवास पुगेका मन्त्री अथकले राष्ट्रपति भण्डारीलाई औपचारीक निमन्त्रण पत्र समेत प्रदान गर्नुभएको छ।

असोज २८ गतेदेखी सुरु हुने प्रतियोगिताको उद्घाटन समारोह पोखरा रंगशालामा हुने तय भइसकेको छ । यस्तै कात्तिक ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले नवौंको राष्ट्रिय खेलकुदको समापन गर्ने तालिका रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *