राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएन विवादित नागरिकता विधेयक : आम जनता खुसिले गदगद्

काठमाण्डौ ! राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपतिले मङ्गलवार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको छ । संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका लागि विधेयक राष्ट्रपति समक्ष पठाएको थियो ।

संसदबाट पारित भएर दोस्रो पटक आएको विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको हो ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि यसबारे उहाँको समर्थनमा आम सर्वसाधारणले समर्थन जनाएर धन्यवाद दिएका छन् भने सत्तापक्षिय केही नेताहरुले राष्ट्रपतिले गल्ती गरेको बताउन थालेका छन् । पहिलो पटक प्रमाणीकरणका लागि पेस भएको विधेयकलाई राष्ट्रपति भण्डारीले संसदलाई सुझावसहित पुनर्विचार गर्नका लागि फर्काउनुभएको थियो । तर संसद्मा रहेका सत्तापक्षिय दलले राष्ट्रपतिको सुझावलाई पूरै बेवास्ता गर्दै दोस्रो पटक जबर्जस्ति बहुमतको बलमा पारित गरी राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस गरेको थियो ।

यस क्रममा राष्ट्रपतिले विभिन्न कानुनविद् तथा नागरिक समाजका अगुवासँगसमेत छलफल गर्नुभएको थियो । नागरिक अगुवाहरूले विधेयक यही अवस्थामा कुनै हालतमा पनि प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई सुझाव दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *