राष्ट्रपति भण्डारीले आमाबाट टीका ग्रहण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेको हातबाट शुभसाइतमा टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले  राष्ट्रपति कार्यालय, शीतल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको हो ।
त्यसैगरी राष्ट्रपति भण्डारीले हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि टीका लगाउनु भयो । उहाँले परिवारका सदस्यलाई समेत टीका लगाइदिनु भएको छ । कोभिड-१९ महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम भने स्थगन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *