राष्ट्रपतिद्वारा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गर्नुभएको छ।

राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको बैठकबाट पारित भई पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेकाे विज्ञप्तिमा जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *