नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मुको शपथ आज

काठमाडौं ! भारतीय नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ । मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ लिने जनाइएको छ ।

प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ गराउनेछन् । शपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्ने भारतीय सन्चार माध्यमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *