नवनिर्वाचित भारतीय राष्ट्रपति मुर्मुलाई राष्ट्रपति भण्डारीद्वारा शुभकामना संदेश

काठमाडौं ! भारतीय राष्ट्रपतिको लागि मतगणना हिजो सम्पन्न भएको छ। उक्त मतगणना अनुरुप सत्तासिन दलकी नेतृ द्रौपदी मुर्मु नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ। नवनिर्वाचित राष्ट्रपति मुर्मुलाई हिजो सांझ राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई तथा शुभकामना दिनुभएको छ ।

हिजो बिहीबार साँझ सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीले बधाई दिँदै मुर्मुको कार्यकालमा नेपाल भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सामाजिक संजालमार्फत दिनुभएको शुभकामना सन्देश यस्तो छ-

‘मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा महामहिम द्रौपदी मुर्मूज्यूलाई म हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु। यहाँको कार्यकालमा हाम्रा दुई देश बीचको सहकार्यले नयाँ उचाई प्राप्त गर्नेमा म पूर्ण विश्‍वास व्यक्त गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *