राष्ट्रपति भण्डारीद्वारा विनियाेजन विधेयक प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटाे खुल्याे

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्काे दुवै सनदबाट पारित भएकाे विनियाेजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रमाणीकरण गर्नुभएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सनदबाट पारित भएकाे विनियाेजन विधेयक २०७८ संविधानकाे धारा ११३ काे उपधारा २ अनुसार प्रमाणीकरण गर्नुभएकाे राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिनुभएकाे छ ।
विनियाेजन विधेयक २०७८ प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटाे खुलेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *