धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्न राष्ट्रपति भण्डारी बाजुरामा

बाजुरा : बाजुराको सबैभन्दा ठुलो धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा चिनिएको बडिमालिका मन्दिरमा पूजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पुग्नुभएको छ। गंगादसहराको दिन अर्थात आज बुधबार बडिमालिकामा भब्य पूजा आजा हुने भएकोले बडिमालिका माताको दर्शन  गर्न राष्ट्रपति भण्डारी आइ पुग्नुभएको हो।

राष्ट्रपति भण्डारी धार्मिक भ्रमणको सिलसिलामा बाजुराको बडिमालिका मन्दिरमा पूजा गर्न हेलिकप्टरमार्फत पुग्नुभएको प्रहरीले जनाएको छ। बुधबार ७ बजेर ३० मिनेटमा नेपाली सेनाको हेलिकप्टरमार्फत बाजुरा पुगेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताउनु भयो।
प्रमुख अधिकारीका अुनशार उहाँ नेपाली सेनाको बाजुरा स्थित दुर्गा भञ्जन गुल्म प्रस्थान भएर बडिमालिका पूजाका लागि प्रस्थान गर्ने प्रमुख जिल्ला अधिकारीले बताउनु भएको छ। पर्यटकीस्थल बडीमालिका अवलोकन र दशर्न गरेर फर्किने बताउनु भयो। बडिमालिका दर्शनपछि खप्तडमा पनि जाने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारीले बताउनु भयो।

बडिमालिका मन्दिरमा वर्षको दुई पटक पूजामेला लाग्ने गरेको छ। बडिमालिकामा गंगादसरहराको दिन र जनैपूर्णीमाको दिन पूजा गर्ने र मेला लाग्ने गरेको छ। जसअनुसार राष्ट्रपति भण्डारी पनि पूजाका लागि बाजुरा आउनु भएको हो। बाजुराको बडिमालिकामा पूजापछि फर्किने कार्यक्रम रहेको सुरक्षा अधिकारीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *