गणतन्त्र दिवसमा राष्ट्रपति भण्डारीद्वारा ८३४ कैदीको सजाय मिनाहा

काठमाडौं ! राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ जना कैदीको कैद सजाय मिनाहा गर्नुभएको छ । उहाँले गणतन्त्र दिवसको अवसरमा ती कैदीको सजाय मिनाहा गर्नुभएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बुसमेतका २७१ जना र नरबहादुर साँवासमेतका ५४७ तथा उमाकान्त पराजुलीसमेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि माफी मिनाहा गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *