मानार्थ कन्सुलर संस्था नेपालका डीनद्वारा राष्ट्रपति भण्डारीसँग भेट

काठमाडौँ– ‘मानार्थ कन्सुलर संस्था, नेपाल’ को नव निर्वाचित डीनको टोलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको छ । टोली नेतृत्व नवनिर्वाचित डीन लोकमान्य गोल्छाले गरेका थिए ।

डीनले नेपाललाई कोरोना भाइरसको भ्याक्सिन र अन्य स्वास्थ्य सामग्री सहयोग गर्ने देशहरूलाई राष्ट्रपति भण्डारीका कन्सुल तथा कन्सुल जनरलहरूका तर्फबाट शुभकामना दिए ।

उक्त अवसरमा नेपाल र नेपालका लागि सहायता सामग्री पठाउने मुलुकहरू बीचको आपसी सहयोग सौहार्दपूर्ण र सहयोगी रहेको कुरा स्मरण गरिएको थियो ।

सहायता सामग्री पठाउने मुलुकहरू नेपाललाई महामारीमा र अन्य आवश्यक सहयोग गर्न इच्छुक रहेका छन् ।

राष्ट्रपति भाण्डारीले विभिन्न मुलुकहरूले नेपाललाई गरेको सहयोगको सराहना गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *