राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता सम्पन्न

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज शितल निवासमा भेटवार्ता भएको छ ।
प्रधानमन्त्री देउवा प्रतिनिधिसभाको बैठकपछि राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको थियो। प्रधानमन्त्री देउवासँगै गृहमन्त्री एवं कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाण र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि शीतल निवास पुग्नुभएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्री बीचको भेटघाट बारे ठोस कुरा अहिलेसम्म बाहिर खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *