राष्ट्रपति भण्डारीद्वारा डा. पन्त र डा. ओलीलाई विज्ञमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्त कामपा–१५ लाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गर्नुभएको छ ।

त्यसैगरी उहाँले डा कृष्णप्रसाद ओली कामपा–०४ लाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *