यथास्थानबाट मताधिकारको सुनिश्चितता माग गर्दै प्रवासी नेपाली मंचले गर्‍यो सरकारको ध्यानाकर्षण

काठमाडौं ! विदेशमा बस्ने नेपालीलाई यथास्थानमा मतदानको व्यवस्था गर्न माग गर्दै नेकपा एमालेको विदेश स्थित भातृ संगठन प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीले नेपाल सरकार र विभिन्न मुलुकमा रहेका नेपाली दुतावासमा ज्ञापन पत्र बुझाउने भएको छ ।

सर्वोच्च अदालतले २०७४ चैतमा विदेशमा रहेका नेपाली नागरिकलाई सोही स्थानबाट मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन दिएको थियो । सर्वोच्च अदालतको सो फैसला अझै कार्यन्वयनमा आएको छैन ।

आफ्नो मताधिकार सुनिस्चितताको लागि प्रवासीहरुले अहिले विभिन्न प्ले कार्ड बनाएर प्रचार प्रसार पनि गरिरहेका छन् । यस अघिको ओली सरकारले भने प्रवासीहरुले आफ्नो मताधिकार प्रयोग गर्न पाउने आश्वासन दिएको थियो तर अहिलेको सरकारले यसबारे कुनैपनि कदम अघि नबढाएको हुनाले प्रवासी नेपालिहरुले सरकारलाई कार्यान्वयनको लागि झक्झक्याएको बताइएको छ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *