प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन

काठमाडौं ! संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको छ।

ज्येष्ठ सदस्य पशुपति शमशेर जवराको अध्यक्षतामा  आज सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मतले अनुमोदन गरेको हो।

श्रेष्ठले समिति समक्ष १८ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गरेका थिए। यसअघि उहाँविरूद्ध परेको उजुरीका विषयमा पनि आजै सुनुवाइ भएको थियो। उनीविरूद्ध  तीनवटा उजुरी परेको थियो। संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *