प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं ! प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठकोको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।

मंगलबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उनीमाथि संसदीय सुनवाइ प्रक्रिया सुरु भएको हो ।

गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

सोही सिफारिसमाथिको सुनुवाइ प्रक्रियाका लागि १० दिने उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *