सर्वोच्च फर्किने तयारीमा निलम्बित प्रधानन्यायाधीश राणा

काठमाडौँ ! आफूमाथि लागेको महाअभियोगलाई संसदले औपचारी रुपमा नटुंग्याइ कार्यकाल सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च फर्किने तयारीमा लागेका छन्।

प्रतिनिधिसभाकोे कार्यकाल शनिबार सकिएसँगै आफूमाथि लागेको महाअभियोग स्वतः निष्क्रिय हुने दाबी गर्दै राणा नियमित काममा फर्किने तयारीमा जुटेका हुन्। उनी निकट स्रोतका अनुसार असोज ४ गते राणा सर्वोच्च जाने तयारीमा छन्।

निकट स्रोतले भन्यो, ‘संसदले महाअभियोगबारे निर्णय नगरी कार्यकाल सकिएपछि उहाँमाथि लागेको अभियोग स्वतः निष्क्रिय भएको छ। असोज ४ गते मंगलबार उहाँ सर्वोच्च फर्किने तयारीमा हुनुहन्छ।’

जोतिषलेले ४ गते फर्किदा शुभ हुने सल्लाह दिएपछि राणा उनले मंगलबार हाजिर हुने जनाउ सर्वोच्च प्रशासनलाई दिएका हुन्। राणाले फर्किने सन्देश पठाएपछि सर्वोच्च प्रशासन अन्योलमा परेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *