निलम्बित प्रधानन्यायाधीशको बयान आजपनि

काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान लिने भएको छ ।

आज पनि बस्ने समितिको बैठकले पुन बयान लिने तयारी गरेको हो । बैठक बिहान ११ बजे बस्ने बताइएको छ ।

बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो।

बिहीबार जबराले बयानका क्रममा आरोपमा लगउँदै नाम लिएका कानुन व्यवसायीले समितिलाई जवाफ दिएका थिए ।

जसमा वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको थियो।

आरोप लागेका कानुन व्यवसायीहरुले जबराले आफूहरुमाथि निराधार आरोप लगाएको भन्दै आरोपको खण्डन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *