काठमाडौं ! आइतबार विशेष कारणवश स्थगित भएको बागमती प्रदेश सभाको बैठक आज सोमवार बिहान ११ बजे बस्दैछ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सत्तापक्षले प्रतिपक्षसँग सहमति जुटाउने सिलसिलामा सर्वदलीय बैठक हुँदा सहमति जुट्न नसकेकाले आइतवार साँझ बस्ने भनिएको बैठक सोमवारका लागि सारिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सरकारका तर्फबाट प्रतिपक्षहरूसँग वार्ता गरी सहमति गरी विवाद टुंग्याउने सम्भावना रहेको र बैठक नियमित रूपमा सञ्चालन हुने बताए ।