बागमती प्रदेशसभाको बैठक आजपनि बस्दै

काठमाडौं ! मङ्गलबार स्थगित भएको बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।

दिउँसो स्थगित भएर हिजो साँझ ६ बजे बस्ने भनिए पनि अन्तिम समयमा स्थगित भएको बैठक बुधवार बिहान ११ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विनियोजित बजेट २०८०/०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भए पनि सहमति हुन नसकेकाले मंगलवार साँझको बैठक स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *