सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक धनगढीमा बस्दै

काठमाडौं ! सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज सोमबार बस्ने भएको छ । प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा पहिलो बैठक बस्ने भएको हो ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश सभा नियमावली अनुसार ज्येष्ठ सदस्य रावलले सभामुखको हैसियतमा अध्यक्षता ग्रहण गर्ने र बैठकमा प्रदेश प्रमुख देवराज जोशीबाट प्रदेश सभाको बैठक आह्वान गरेको पत्र सुनाउने कार्य हुने बताए । बैठकमा दलका नेताहरूले सम्बोधन गर्ने पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *