प्रदेश-१ को मुख्यमन्त्रीमा एमाले नेता हिक्मत कार्की पक्का : मन्त्रीमा मिना श्रेष्ठ लगायतको चर्चा

काठमाडौं ! ठूलो दलको हैसियतले प्रदेश नम्बर १ मा नेकपा एमालेले नै नेतृत्व गर्ने सम्भावना भएसँगै मुख्यमन्त्रीमा हिक्मत लगभग पक्का जस्तै छ। उनी एमाले प्रदेश १ को संसदीय दलको नेता भएकाकारण पनि मुख्यमन्त्री कार्की हुने पक्का छ।

त्यसो त माओवादीले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेको छ । मुख्यमन्त्री नपाए उनी मन्त्री नहुने सम्भावना रहेको बताइएको छ । प्रदेश १ मा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० सिट छ । ९३ सदस्यीय प्रदेशसभा बहुमत पु¥याउन प्रदेश १ मा ४७ सांसद चाहिन्छ ।

यी हुन् मन्त्रीका दाबेदार

ताप्लेजुङका तिलकुमार मेन्याङ्बोलाई सभामुख वा मन्त्रीको रूपमा हेरिएको छ । समानुपातिकतर्फबाट सांसद बनेकी सुनसरीकी मिना श्रेष्ठको यो पटक मन्त्री बन्ने चर्चा छ । प्रदेशमा प्रत्यक्षबाट जित्ने महिला सांसद नभएको र समानुपातिकमा अरुभन्दा अब्बल महिला रहेकोले सांसद श्रेष्ठलाई मन्त्री बनाउन बालकोट देखि मुख्यमन्त्रीका दावेदार कार्की सकारात्मक रहेको सभ्यखबरलाई जानकारी आएको छ।

सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका खड्ग बस्नेत र लीलाबल्लभ अधिकारी, इलामका राम राना, खोटाङका पीके राई, सुनसरीका रेवती भण्डारी, धनकुटाका निरन राई र इन्द्रमणि पराजुली तथा संखुवासभाका विदुर लिङ्थेप पनि मन्त्री बन्ने दौडमा छन् ।

त्यस्तै, माओवादीबाट मोरङका गणेश उप्रेती ९सुशील०, तेह्रथुमका दुर्गा चापागाईँ, संखुवासभाका राजेन्द्र कार्की, मोरङकी गीता तिम्सिना र जीवन आचार्यको नाम चर्चामा छ । उदयपुरका नारायण बुर्जा मगर र सोलुखुम्बुका गम्बु शेर्पाको नाम पनि चर्चामा छ । राप्रपाबाट भक्तिप्रसाद सिटौला र जसपाकी एक्ली सांसद निर्मला लिम्बूको पनि नाम चर्चामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *