प्रदेश १ नामाकरणमा सत्तारुढ दलमै मतभेद

काठमाडाैं । प्रदेश १ को नामकरणका विषयमा सत्तारुढ दलबीच नै मतभेद देखिएको छ। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा सत्तारुढ ५ दलबीच नै एक मत देखिएन।

प्रारम्भिक चारणको छलफल थालिएको सत्तारुढ दलका नेताहरूले बताए पनि दलहरू आ–आफ्नो अडानमा कायमै रहेको उनिहरूको धारणाबाट स्पष्ट हुन्छ। सबै दलका नेताहरूले आफ्नो दल पहिचानको पक्षमा रहेको बताए पनि प्रमुख दलहरूले प्रदेशको नामका विषयमा स्पष्ट धारणा राखेनन्।

उनिहरूले गोलमोटलमा साझा सहमति खोजेर नामाकरण गर्नुपर्ने भन्दै नामका विषयम पन्छिने प्रयास गरे। सत्तारुढ दलका नेताहरूले गोलमोटलमा जवाफ दिएपछि र विपक्षी दल कसैले पनि स्पष्ट रुपमा प्रदेशको नामबारे प्रस्ताव ल्याएनन्।

सत्तारुढ गठबन्धनले प्रदेश नामका बारे एउटै नाम प्रस्ताव गर्ने दाबी गरिरहेका बेला मंगलबार कार्यक्रममा बोल्ने पाँच दलका नेताहरुले आ–आफ्नो अडान व्यक्त गरे। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *