कोशी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्ने आज अन्तिम दिन

काठमाडौँ । सर्वोच्च अदालतको आदेश अनुसार कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री दाबी गर्न दिएको समय आज सकिँदै छ ।

प्रदेश प्रमुख खापुङले साँझ ५ बजेसम्म संविधानको धारा १६८को २ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।तर, अहिलेसम्म नयाँ मुख्यमन्त्रीको टुंगो लागि सकेको छैन ।

मुख्यमन्त्रीको दाबी पेश गर्न दुबै पक्षभने उत्तिकै जोडतोडले लागेका छन् तरपनि अहिलेसम्म पक्षले बहुमत पुर्याउने हो आकलन गर्न कठिन छ। एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले आफुले बहुमत पुर्याएर मुख्यमन्त्रीमा दाबी पेश गर्न कोसिस गरिरहेको बताएका छन्।उता गठबन्धन दलपनि कसरी बहुमत पुर्याउने भनी रणनीति बुनिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *