विश्वासको मत नपाउँदा ढल्यो कोसी प्रदेश सरकार

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएनन् । उनले मागेको विश्वासको मतको पक्षमा ४६ मत खस्दा विपक्षमा ४३ मत परेको छ ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक छ । योसँगै नेकपा एमालेले प्रदेशमा पनि सबै नेतृत्व गुमाएको छ ।

मुख्यमन्त्री कार्कीले बिहीबार विश्वासको मत मागेको थिए । उनले विश्वासको मत लिने प्रस्ताव पेस गरे पनि संसद्को विश्वास नपाउने स्थिति बनेपछि उनले हिजोको बैठक आजलाई सारिएको थियो ।

एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेश सांसद मुख्यमन्त्री कार्कीको पक्षमा र कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद विपक्षमा छन्। एक जना मात्र सांसद रहेको जनता समाजवादी पार्टी भने तटस्थ बस्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *