आज प्रदेश -१ र गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिंदै

काठमाडौं । आज दुई प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदैछन् । प्रदेश – का १ मुख्यमन्त्री हिक्मत कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री कार्कीले दिउँसो १ बजे विश्वासको मत लिनेछन् । उनी नेकपा माओवादी केन्द्रसहित ६० जना सांसदको समर्थनसहित आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जबकी प्रदेश – १ मा ९३ सांसद छन् ।

उनलाई नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ ।

यसअघि माओवादी केन्द्रले केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउदै सरकारमा सहभागी नहुने जनाएको थियो । तर बिहीबार केन्द्रको निर्देशनपछि सरकारमा सहभागी हुने जनाएको छ । त्यसअर्थमा माओवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिनेछ ।

त्यस्तैगरी प्रदेश – १ सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम निर्विरोध निर्वाचित भइसकेका छन्।

त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पनि आज ३ बजे विश्वासको मत लिने तयारीमा छन् ।

अधिकारी गत पुस २५ गते ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । गण्डकीमा ६० जना सांसद छन् । सो अवस्थामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्दछ ।

उनलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसदको समर्थन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *