सुदूरपश्चिम सरकार जनताको समस्या समाधानमा भन्दा मन्त्री थप्न व्यस्त : मुख्यमन्त्रीले आजै थपे दुई राज्यमन्त्री

काठमाडौं ! सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ राज्यमन्त्री नियुक्त गरेका छन् ।

उनले आर्थिक मामिला राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका बलबहादुर सोढारी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुशीला बुढाथोकीलाई नियुक्त गरेका छन् ।

देश निर्वाचनमा होमिसकेको र निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फको बन्दसुचि यहि असोज २ र ३ गते पेश गर्नुपर्ने समय नजिक राज्यमन्त्री नियुक्त गरिएको हो। निर्वाचन आयोगले निर्वाचनलाई प्रभावित गरिने कुनै कामहरु नगर्न,सरुवा बढुवा खालका काम नगर्न सरकारका नाममा निर्देशन दिइसकेको छ। मुख्यमन्त्रीले यो समयमा राज्यमन्त्री थपेपछि मिडिया र सामाजिक संजालमा सरकारको झन आलोचना सुरु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *