बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

काठमाडौं ! बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बिहीवार बसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले असार १ मा प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो ।

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले मन्त्री जम्मकट्टेललाई उक्त बजेटसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका थिए । प्रदेश सरकारले आगामी आवका लागि कूल रु ७० अर्ब ९३ करोड अनुमानित बजेट प्रस्ताव गरेको थियो थियो ।

कूल रु ७० अर्ब ९३ करोड बजेटमध्ये चालुतर्फ रु १९ अर्ब दुई करोड, पुँजीगततर्फ रु ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ रु आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु दुई अर्ब बजेट विनियोजन गरिएको थियो ।
बिहीवारको बैठकमा प्रदेश सरकारको विनियोजन विधेयक र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७९ माथि छलफल भएको थियो । बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९  पनि पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *