मधेश प्रदेशले राजपत्रमा जारी गर्‍यो चुच्चेनक्सा रहित लोगो : चुच्चेनक्सा नहुदा सर्वत्र आलोचना

काठमाडौं ! मधेस प्रदेश सरकारले आफ्नो नाम प्रदेश राजपत्रमा प्रकाशित गरेको छ । सबै निकायलाई उक्त नाम कार्यान्वयन गराउन आग्रह गर्दै मधेस प्रदेशले आफ्नो नाम राजपत्रमा प्रकाशित गरेको हो तर प्रकाशित लोगोमा भने नेपालको पुरानै नक्सा राखेको छ। चुच्चेनक्सा बिनाको लोगो प्रकाशित भएपछि सामाजिक सन्जालमा प्रदेश सरकारको चर्को बिरोध सुरु भएको छ।

तत्कालीन ओली सरकारले लिपुलेक लिम्पियाधुरा सहितको नक्सा जारी गरेर संसदबाट दुई तिहाईले पारित गराएपछि राज्यका सबै निकायमा उक्त चुच्चेनक्सा सहितका लोगो/फोटोहरु राख्ने गरिएको छ तर मधेश प्रदेशको प्रकाशित राजपत्रमा चुच्चेनक्सा बिनाको लोगो देखिएपछि सर्वत्र चासोका साथै प्रश्नहरु देखिएका छन् ।               

Leave a Reply

Your email address will not be published. Required fields are marked *