कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार

काठमाडौं ! कोशी प्रदेश सरकार पुनः गठन भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सोमबार चार जना मन्त्री थप गरेका हुन् । उनले मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरेका छन् । योसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ९ सदस्यीय बनेको छ । जसमा मुख्यमन्त्री, पाँच मन्त्री र तीन जना राज्यमन्त्री छन् ।

कार्कीले सोमबार नियुक्त गरेका मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्री भएका छन् । लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्रीभएका छन् । यस्तै रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएका छन् ।